कार्यान्वयनको तहबह

महिला तथा बालबालिका विभागले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको दिग्दर्शनमा जिल्लास्थित कार्यालयहरूको सञ्जालमार्फत आफ्नो कार्यसम्पादन गर्दछ । जिल्लामा महिला तथा बालबालिका कार्यालयको भूमिका देहायबमाजिम हुन्छ :

  • महिला सशक्तीकरणका पक्षमा समुदाय तहमा प्रत्यक्ष सामाजिक परिचालन;
  • विकेन्द्रित विकास प्रक्रियामा लैङ्गिक तथा बालअधिकारको मूलप्रवाहीकरणमा सहजीकरण र
  • बालबालिकाका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवं गैरसरकारी सङ्गठनका लागि सम्पर्क सेवा ।

सशक्तीकरणको प्रयोजनार्थ गाउँस्तरका गतिविधिहरू महिला सहकारी संस्था वा पूर्वसहकारी समूहबाटै चलाइन्छन् । जिल्लास्तरमा पुनर्स्थापन केन्द्रको सञ्चालनजस्ता क्रियाकलापहरू विशेषीकृत सामाजिक संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गरिन्छन् ।