सहभागिता

महिला विकास कार्यक्रमका सहभागीमा राम्ररी जानकारी मिलेपछि समूहमा बस्न अनि आफ्नो दृढताको प्रमाणका रूपमा जतिसुकै थोरै भए तापनि मासिक बचत गर्न इच्छुक महिलालाई गनिन्छ । त्यसो त, बैठक, प्रशिक्षण, सामाजिक परिवर्तनका पहलजस्ता सहभागिताका अरू अवसर पनि छँदै छन् ।

प्रशिक्षणको प्रयोजनका लागि केही मान्यता राखेर लक्ष्य निर्धारण गरिएको हुन्छ । उदाहरणका लागि महिला र पुरुष दुवैको संलग्नतामा सञ्चालन हुने अन्तरक्रियात्मक लैङ्गिकताविषयक प्रशिक्षणका हकमा समूह सदस्यको ३० प्रतिशत पुर्‍याउने भनिएको छ । त्यसो गर्नाको मतलब समुदायमा लैङ्गिकता—मैत्री सज्जनहरूको न्यूनतम आवश्यकीय उपस्थिति होस् भन्ने हो । लिइएका कतिपय आधारहरूमा घटीबढी हुँदा लक्ष्यमा पनि फरक पर्ने हुन्छ । पछिल्लो अद्यावधिक विवरण यहाँ दिइएको छ ।

  लक्ष्य प्रगति प्रगति प्रतिशत
समूह सदस्यता      
  › सबै समुदायका महिला ४‚१५६‚९७३ १,०७८,५४३ २५.९५
  › शिल्पी समुदायका महिला ... १६२,७०७ ...
  › जनजाति समुदायका महिला ... ३८७,५८२ ...
प्रशिक्षण गतिविधि      
  › अभिमुखीकरण १,०७८,५४३ ५७५,८०० ५३.३८
  › नेतृत्व १६०,००६ ३७,६३२ २३.५२
  › लैङ्गिकता ६४७,१२५ ९६,६४९ १४.९४
  › प्रजनन स्वास्थ्य २१८,१४० १२१,५१३ ५५.७०
  › सामुदायिक संरक्षण २१८,१४० १५,५५७ ७.१३
  › सीप तथा व्यावसायिकता विकास १,०७८,५४३ १६३,९५९ १५.२०
  › वार्षिक रेखाङ्कन अभ्यास ३,६५६ १,७४९ ४७.८३
स्रोत परिचालन      
  › बचत      
     • जम्मा रु. १६९,६५४ लाख रु. ४५,९९८ लाख २७.११
     • प्रतिसदस्य रु. १५‚७३० रु. ४,२६४ २७.११
चालुकोष रु. ३,१५७ लाख रु. १,४७४ लाख ४६.६०
संरक्षण सेवा      
  › निगरानी समूह अग्रसरता २२,८५८ ९,५५३ ४१.७९
  › सामुदायिक सेवा केन्द्र १,८२८ १२० ६.५६