संरचना

महिला तथा बालबालिका विभागको नेतृत्व महानिर्देशकले गर्दछन् । विभागीय सङ्गठन कार्य  पङ्क्तिअनुसार छ । काठमाडौँ उपत्यकाको ललितपुरस्थित केन्द्रीय कार्यालयमा प्रशासन, योजना, सशक्तीकरण, संरक्षणवित्त भन्न मिल्ले गरी पाँचोटा हाँगा छन् ।

वित्तको कार्य उपसचिवले हेर्दछन् । अरू चारोटा सङ्कायका प्रमुख उपसचिव स्तरकै निर्देशकहरू हुन्छन् । एउटा सङ्कायमा दुइटा शाखा वा शाखाजस्तै एकाइ पदर्छन् । विभागको सङ्गठन तालिका १ मा दर्साइएको छ । त्यसो त, प्रत्येक सङ्कायको भूमिका कार्यमूलक अर्थमा  झन् प्रस्ट हुन्छ । सङ्काय विशेषका कार्यका केही उदाहरण यहाँ दिइएका छन् ।

  • योजना : नीति निर्धारण, कार्यक्रम तर्जुमा, लैङ्गिक मूलप्रवाहीकरण, ग्रामीण व्यवसाय प्रवर्धन, आपत\कालीन प्रतिकार्य, बेजिङ कार्यमञ्चको राष्ट्रिय कार्ययोजना कार्यान्वयन
  • सशक्तीकरण : ग्रामीण संस्थागत विकास, प्रजनन स्वास्थ्य हेरचाह, बीउपुँजी टेवा, जनजागृति सृजना, कार्यमूलक अनुसन्धान, महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन महासन्धिको राष्ट्रिय कार्ययोजना कार्यान्वयन
  • संरक्षण : बालअधिकारको संवर्धन, लैङ्गिक हिंसाको रोकतोक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुरुष सहभागिता प्रवर्धन, सेवा वा पुनर्स्थापना केन्द्रहरूको सञ्चालन, बालअधिकार महासन्धिका साथै मानव बेचविखन तथा ओसारमसार नियन्त्रण विशेषका राष्ट्रिय कार्ययोजनाहरूको कार्यान्वयन
  • प्रशासन : कर्मचारीको व्यवस्था, साङ्गठनिक विकास, अनुगमन तथा मूल्याङ्कन, प्रशासकीय निगरानी, सामाजिक सुरक्षा, जनसम्पर्क, सामान्य सेवा
  • वित्त : बजेट तर्जुमा, कोष सञ्चालन, लेखापालन, वित्तीय नियन्त्रण, आर्थिक प्रतिवेदन, लेखापरीक्षण टिप्पणीमा कार्यवाही

जिल्लामा जहाँसुकै महिला तथा बालबालिका कार्यालय छन् । जम्मा ७५ वटा जिल्ला कार्यालयमध्ये २२ वटामा प्रमुख महिला विकास अधिकृत र बाँकीमा महिला विकास अधिकृत प्रमुख हुन्छन् । केन्द्रझैँ जिल्ला कार्यालयहरूको सङ्गठन पनि कार्यमूलक रूपमै छ । समुदायमा आधारित गतिविधिसमेतका विकास कार्य महिला विकास अधिकृत वा निरीक्षकले हेर्दछन् । संरक्षण सङ्काय बालसंरक्षण अधिकृत वा निरीक्षकको जिम्मामा पर्दछ । तालिका २.क२.ख मा २२ अनि बाँकी जिल्ला कार्यालयहरू कसरी सङ्गठित भएका छन् भन्ने झल्किन्छ ।