महिला तथा बालबालिका विभाग

सार्थक अभिकार्यका लागि विपन्न महिलाको साथ - यसै अभिप्रायको खोजीमा महिला तथा बालबालिका विभाग खडा भएथ्यो ।
विभाग नेपाल सरकार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गतको कार्यान्वयनकारी निकाय हो । विशेष गरी आर्थिक रूपमा गरिब, सामाजिक रूपमा विभेदित अथवा अन्यथा मर्कामा परेका महिलाको सशक्तीकरण गर्ने कार्यादेश विभागलार्इ प्राप्त छ । विभागको जिम्मामा बालअधिकारको संवर्धनका साथै विकेन्द्रित योजना एवं पुनरावलोकनको प्रक्रियामा लैङ्गिक सरोकारहरूको मूलप्रवाहीकरणसमेत पर्दछ ।
दिइएको कार्यादेश पूरा गर्ने सिलसिलामा विभाग अफ्नो रणनीति—पत्रबाट चल्दछ, जसमा अकांक्षा, मान्यता औ पहुँचहरू अभिव्यक्त भएका छन् । विभागीय संरचना देशभरि फैलिएको छ, जसले लाखौँ सहभागी भएको समुदाय तहको सशक्तीकरण अग्रसरताको रूपमा महिला विकास कार्यक्रम सञ्चालन गर्न समर्थ तुल्याएको छ ।
वर्तमान रूपमा २०५७ साल असार २६ गते पुनर्संरचित विभागको इतिहास त घटनाभरि छ ।