अक्षुण्णता

अक्षुण्णता महिला विकास कार्यक्रमको सुन्दरता नै हो । कास्कीको कास्कीकोट गाउँपालिकाका दिदीबहिनीहरू आफैले संयुक्त राष्ट्रसङ्घीय बालकोष र नर्बेली विकास निकायको सहायतामा लागू भएर २०६... सालमा सकिएको बालबालिका तथा महिलाका लागि विकेन्द्रित कार्य आयोजनाअन्तर्गत प्रारम्भ गरिएका १७ वटा बालतौल केन्द्रहरू अद्यापि चलाइरहेका छन् । त्यस्तै उदाहरण त कताकति भेटिएलान् । तैपनि साँच्चिकै मुस्किल नपर्दासम्म राम्रा अभ्यासहरू थालेपछि कैयन् दिनसम्म रहिरहन्छन् । सशक्तीकरण र निरन्तरता सँगसँगै हुनेजस्तो पनि लाग्दछ । सशक्तीकरणकै क्रममा महिलाहरूले सहकारी संस्थाको र"पमा सङ्ठित हुन, साझा व्यावसायिक सेवाहरू चलाउन र आफूलाई आवश्यक निःशुल्क सेवाहरूका लागि अर्थोपार्जन गर्न जान्दछन् । आज महिलाहरू जस्तै उनका क्रियाकलापहरू पनि सङ्गठित भएका छन् । बन्दै गरेका संस्थाहरूको विवरण देहायमा दिइएको छ :

क्षेत्र

लक्ष्य

प्रगति

प्रगति प्रतिशत

छिमेकी समूह

७५५‚८१३

१८३,५९६

२४.२९

वडास्तरीय समिति

३०,७९५

२२,८५८

७४.२२

गाउँपालिकास्तरीय संस्था

 

 

 

  • दर्ता भएका

३,१५७

१,८२८

५७.९०

  • दर्ता नभएका

१९४

१९४

१००

यसरी गाउँपालिकाको तहका महिला संस्थाहरू नै कार्यक्रमका ध्वजावाहक हुन् । प्रत्येक गाउँपालिकामा एउटा महिला संस्थाको सोचना छ, जो—

  • सदस्यको अर्थोपार्जनमा सहयोगी;
  • व्यावसायिक मानकहरूको प्रवर्तक;
  • स्वावलम्बनको पर्यायवाची;
  • सामाजिक परिवर्तनको शक्ति;
  • महिला सुरक्षाको पहरेदार;
  • सहकारी सिद्धान्तको परिपालक र
  • सहभागिताको सुगम मञ्च हुनेछ ।