प्रसार

महिला विकास कार्यक्रममा गामतर्फी दृष्टि छ । आधुनिकीकरणसँगै हालसालै बढ्दो सङ्ख्यामा गाउँपालिकाहरू नगरपालिका घोषणा भइरहेका छन् । अधिकांश नयाँ नगरपालिकाहरूमा भने मनग्गे ग्रामीण भाग जोडिएको भेटिन्छ । अतः कार्यक्रमको लक्षित क्षेत्रमा सबै गाउँपालिकाका साथै महानगरपालिका, उपमहानगरपालिका र त्यस्तै नगरपालिकाबाहेकका नगरपालिकासमेत पर्दछन् । कार्यक्रमको स्थलगत फैलाउ देहायमा दिइएको छ :

क्षेत्र लक्ष्य प्रगति प्रगति प्रतिशत
जिल्ला ७५ ७५ १००.०
गाउँपालिका ३‚१५७ ३‚१५२ ९९.८४
नगरपालिका २०४ २०४ १००.०
गाउँपालिका वा नगरपालिकाका वडा ३०,७९५ २१,७६२ ७०.६७