सशक्तीकरणको न्यूनतम स्तर

सहभागी महिलाको वैयक्तिक, आर्थिक, सामाजिक सशक्तीकरणमा न्यूनतम स्तर देहायबमोजिम निर्धारण गरिएको छ :

  • लैङ्गिक समता : छेकबारजन्य चलनको अवज्ञा, व्यावहारिक लैङ्गिक आवश्यकताको सम्बोधन, पारिवारिक एवं सामुदायिक सकारात्मक कार्य (Affirmative actions);
  • प्रजनन स्वस्थता : प्रजनन स्वास्थ्यको प्राथमिक ज्ञान, समस्या बताउने अनि उपचार गराउने तत्परता, पारिवारिक असंवेदनशीलताको अवस्थामा छिमेकी संवेदनशीलता;
  • जीवनोपयोगी शिक्षा : आफूलाई व्यक्त गर्ने, अर्काका कुराको परख गर्ने, निर्णय लिने आत्मविश्वास;
  • पुगीसरी सम्पन्नता : वर्षैभरि खान पुग्ने आयस्रोत, भइपरि आए दुई महिनाको निर्वाह खर्च धान्न सक्ने बचत, विद्यालय तहसम्मको शैक्षिक एवं स्वदेशमा उपलब्ध आवश्यकीय उपचार खर्च बेहोर्न सक्ने हैसियत र

संस्थागत सहभागिता : बाहिरी सञ्चार, विस्तारित साथ, आवश्यकताअनुसार नेतृत्व वा अनुयायित्व (Followership) बहन गर्ने सक्रियतासहित सामुदायिक सङ्गठनको सदस्यता ।